तेस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा निजगढका खेलाडीले जिते १० पदक
५ स्वर्ण, १ रजत र ४ कास्य
वि.सं.२०८० पुस ९ सोमवार ११:४४

बारा–चितवनको भरतपुरमा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दोमा बाराका खेलाडीले १० पदक जितेका छन् ।
निजगढको नेत्रोदय र सत्यश्वर तेक्वान्दो डोजाङ्गका ११ खेलाडी सहभागि भएका थिए ।
प्रतियोगितामा निजगढका खेलाडीले ५ स्वर्ण, १ रजत र ४ कास्य पदक हात परेका छन् ।
कसले कुन पदक जिते
स्वर्ण पदक
२४ केजी तौल समुहमा सर्सिका लामा (नेत्रोदय तेक्वान्दो डोजाङ्ग)
२७ केजी तौल समुहमा जस्मिन थापा मगर (नेत्रोदय तेक्वान्दो डोजाङ)
२९ केजी तौल समुहमा सृष्टि लामा (नेत्रोदय तेक्वान्दो डोजाङ)
४१ केजी तौल समुहमा सुदिप लामा (सत्यश्वर तेक्वान्दो डोजाङ).
५१ केजी तौल समुहमा सचिन योञ्जन (सत्यश्वर तेक्वान्दो डोजाङ)
रजत पदक
३७ केजी तौल समुहमा सम्झना पारिव्रत (नेत्रोदय तेक्वान्दो डोजाङ)
कास्य पदक
२३ केजी तौल समुहमा विश्वास तिमल्सिना (नेत्रोदय तेक्वान्दो डोजाङ)
२६ केजी तौल समुहमा समिप गौतम (नेत्रोदय तेक्वान्दो डोजाङ)
४५ केजी तौल समुहमा रोशन बोहोरा (नेत्रोदय तेक्वान्दो डोजाङ)
४५ केजी तौल समुहमा अनुपम मैनाली (नेत्रोदय तेक्वान्दो डोजाङ)
कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिका, एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो, नेपाल नेपाल तेक्वान्दो संघको सहयोगमा प्रतियोगिता भएको हो ।
प्रतियोगिता संयोजक रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रतियोगितामा बारा जिल्ला तेक्वान्दो संघ कार्यसमिति अध्यक्ष एवं राष्ट्रिय रेफ्रि नन्दु लामा, धनु सिजाली लगायत सहभागि थिए ।
वि.सं.२०८० पुस ९ सोमवार ११:४४

















