skip this farak Kura Pravakar

शोभा राउतको १७ वर्षे सहकारी अभियान : निजगढ महिला साकोसदेखि नेफ्स्कुनसम्म

को हुन् शोभा ?

7.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) मा पुग्ने बाराको पहिलो महिला बनेकी छिन्, निजगढकी शोभा राउत ।

नेफ्स्कुनको ३२ औ साधारणसभाबाट शोभा मधेश प्रदेश भूगोल अन्तरगत संचालक निर्वाचित भएकी हुन् ।

शोभा निर्वाचित भएसँगै नेफ्स्कुन सञ्चालक बन्ने बाराका दुई जना पुगेको छ । यसअघि स्व. डा. कृष्ण पौडेल नेफ्स्कुन सञ्चालक बनेका थिए ।

आईतबार राती सार्वजनिक नतिजा अनुसार एमाले निकट प्यानलबाट प्रदेशतर्फ शोभा निर्वाचित भएकी हुन् । सत्ता गठबन्धन र नेकपा (एमाले) निकट सहकारीकर्मी विच प्रतिस्पर्धा भएको थियो ।

को हुन् शोभा ?

बाराको निजगढ ६ की ४१ वर्षिया शोभा निजगढ महिला बचत सहकारी संस्थाकी अध्यक्ष हुन् । १७ वर्षदेखि सहकारी अभियानमा सक्रिय रहेकी शोभा २०६३ मा स्थापना भएको निजगढ महिला साकोसकी संस्थापक कोषाध्यक्ष हुन् ।

२०७४ मा भएको निजगढ महिला साकोसको १० औं साधारण सभाबाट शोभा अध्यक्ष निर्वाचित भएकी थिईन् ।

उनी बारा बचत तथा ऋण सहकारी संघ कोषाध्यक्ष समेत हुन् । तीन वर्षअघि निर्वाचित भएकी हुन् ।

उनी अखिल नेपाल महिला संघ निजगढ नगर कमिटी अध्यक्ष समेत हुन् ।

nijgadh-supermart-adz1200-630