skip this yams_Max_Hospital.jpeg

निजगढमा तेस्रो मधेस प्रदेश तेक्वान्दो खुला प्रतियोगिता सुरु (भिडियोसहित)

597 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–बाराको निजगढमा तेस्रो मधेस प्रदेश तेक्वान्दो खुला प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले उद्घाटन गरेका छन् ।

निजगढ नगरपालिका वडा नं. ९ को कार्यालयको सहयोगमा जनज्योती तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितालाई सम्बोधन गर्दै मेयर पुरीले खेल प्रतिभालाई अगाडी बनाउन नगरपालिकाले सहयोग गर्ने बताए । उनले पढाईसँगै खेललाई अगाडी बढाउनु पर्ने धारणा राखे ।

त्यस्तै जनज्योती तेक्वान्दो डोजाङका अध्यक्ष राजु माझीले दुई सय बढी खेलाडीको सहभागितामा उत्साहजनक रुपमा प्रतियोगिता सञ्चालन भईरहेको जानकारी दिए ।

कार्यक्रममा वडा सदस्य बविता श्रेष्ठ, चित्र प्रसाद चौलागाई, इन्द्र कुमारी सुनार, तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतम, जिल्ला खेलकुद विकास समिति बाराका कार्यालय प्रमुख हेमलाल श्रेष्ठ, तेक्वान्दो संघ बाराका अध्यक्ष चित्रबहादुर लामा नन्दु, महोत्तरीका अध्यक्ष रजनी लामा, जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक मनराज महतारा, लगायतको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत पहिलो दिन भएको खेलमा ६ वटा तौल समुहको विजेता घोषित भईसकेको छ । विजेता खेलाडीलाई मेडल तथा प्रमाण–पत्र वितरण गरिरहेको थियो ।

विजयी खेलाडी :

महिला २७ किलो तौल समुहमा

(१) रेजिना आले मगर (आयोजक)
(२) अनिशा नेगी (ने.रा–मा.वि सिंगौल)
(३) सोविका काफ्ले (आयोजक)

पुरुष ३५ केजी तौल समुह

१) अमन मिश्रा (प्रिया तेक्वान्दो डोजाङ्ग महोत्तरी)
२) पासाङ लामा कोरल (आयोजक)
३) टेक बहादुर थापा (नेरामावि सिंगौल)
४) युमन शिवाकोटी

महिला २४ किलो तौल समुह

१) निशा श्रेष्ठ (नमुना चन्द्रपुर)
२) स्मरिका जिम्बा (नेरामावि सिंगौल)
(३) जेसिका लामा (आयोजक)
३) रोमिशा बस्नेत (नयाँ हरिवन)

पुरुष २५ केजी

१) निरज जिम्बा (नेरामावि सिंगौल)
२) चन्दन महतो (आयोजक)
(३) आजित्य कर्ण (प्रिया)
(३) समोर आले मगर (आयोजक)

पुरुष २० किलो तौल समुह

१) प्रतीक आधिकारी (आयोजक)
२) रोबेल तिमल्सिना (आयोजक)
३) सबिम अधिकारी (बागदेव)
४) सुभियन महतो (न्यू हरिवन)

महिला ३० किलो तौल समुह

१) प्रिन्सेस शाही ठकुरी (क्रियटिभ बर्दिवास)
२) गुँरास लामा (आयोजक)
३) सन्डिका लामा (न्यू सिमरा)

nijgadh-supermart-adz1200-630