skip this

हीरक महोत्सवलाई एतिहासिक बनाउँदै निजगढको सार्वजनिक माध्यमिक विद्यालय, यस्तो छ तयारी (भिडियो)

1.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिका वडा नम्बर ५ बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयको ६० औं बार्षिकोत्सवलाई हीरक जयन्तिको रुपमा मनाउने भएको छ ।

विद्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यालयले आगामी पौष २२ गते मनाइने बार्षिकोत्सवलाई हीरक जयन्तिको रुपमा मनाउने तयारी गरिएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक अवस्थालाई थप मजबुत तुल्याउन हीरक जयन्ति महोत्सवले थप मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरु, लगायतलाई सम्मान गर्ने कार्यक्रम राखिएको उनले जानकारी पनि दिए ।

समारोहमा रक्षामन्त्री मानवीर राईलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको मन्त्री राईसंगै संघीय सांसद अच्युत मैनालीलगायत जनप्रतिनिधिहरुको सहभागिता रहने छ ।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक हस्तबहादुर लामाले विद्यालय स्थापनाको ६० वर्ष पुगेको अवसरमा बार्षिकोत्सव कार्यक्रमलार्य हीरक जयन्ति समारोहको रुपमा मनाउने तयारी गरिएको बताए ।

सो अवसरमा विद्यालयका छात्रछात्राहरुले सांस्कृतिक र मनोरञ्जनात्मक प्रस्तुत दिने प्रअ लामाले जानकारी दिए । समारोहकै अवसरमा हाल विद्यालय स्तरीय खेलकुद प्रतियोगिता, सरसफाइ अभियान र विविध कार्यक्रम संचालन भइरहको पनि प्रअ लामाले बताए ।

समारोहमा रक्षामन्त्री मानवीर राईलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको मन्त्री राईसंगै संघीय सांसद अच्युत मैनालीलगायत जनप्रतिनिधिहरुको सहभागिता रहने छ ।

विद्यालयमा भएको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका सदस्य सागर गौतम, सहदेब गौतम, तारा खड्का लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630