रामेछापमा बस दुर्घटना ,९ जनाको मृत्यु, २३ जना घाइते
वि.सं.२०७९ असार २१ मंगलवार १३:०१
1.4K
shares

काठमाडौं । आज रामेछापमा बस दुर्घटना हुृँदा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । सुनापती गाउँपालिकामा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा।३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको घाइते भएका छन् । उनीहरुको उद्धार गरेर धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
वि.सं.२०७९ असार २१ मंगलवार १३:०१
















