skip this

इन्डियन आइडलको उपाधि पवनदीपले जिते

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : १२ औँ संस्करणको  इन्डियन आइडलको उपाधि पवनदीप राजनले जितेका छन्।
   भारतको ७५औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले उपाधि जितेका हुन्। उनले फाइनल पुगेका पाँच जनालाई पछि पार्दै उपाधि उचालेका हुन्।
    फाइनलमा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेलाई पछि पार्दै उनले अवार्ड जितेका हुन्।
   हिमाञ्चलका २५ वर्षीय राजन गायनका साथसाथै वाद्यवाधनमा पनि उत्तिकै पोख्त छन्।

nijgadh-supermart-adz1200-630