skip this farak Kura Pravakar

घरभित्रै अमानवीय व्यवहार : बारामा बोक्सीको आरोपमा थुनेर कुटपिट

627 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको पचरौता नगरपालिका ५ बेल्दारीमा कुटपिट भएकाे घटना सार्वजनिक भएकाे छ ।
      घटना साउन गत २८ गते बिहिवारको साँझ करिब ६ बजे भएकाे हाे । स्थानीय ५० वर्षिया मालतीदेवी महताेलाई उनकै परिवारले बाेक्सी आरोपमा दुर्व्यवहार गरेका हुन् ।
उनलाई बोक्सी आरोपमा मलमुत्र खुवाउने प्रयास भएकाे छ । कुटपिटबाट घाइते भएकी मालतीलाई उपचारकाे लागि सिम्रौनगढ़ नगर अस्पतालमा लगिएकोमा थप उपचारका लागि अस्पतालले वीरगञ्जस्थित नारायणी उप क्षेत्रीय अस्पतालमा रेफर गरेकाे छ ।
  साे क्रममा भएको झडपमा मालतीकी २० वर्षीया छोरी अन्जली कुमारी घाईते भएकी छिन् । उनकाे बायाँ हात र पेटमा चोट लागेकाे छ।
   उनलाई आफ्नै जेठानी र देउरानीले वडाध्यक्ष लक्ष्मि यादवको ईशारामा बोक्सि आरोप लगाई मार्न खोजेको पीडित मालतीकाे आरोप लगाईन् ।
  यता वडाध्यक्ष यादवले आफुमाथी लगाईएको आरोप निराधार र झुटो रहेको बताएका छन् । घटनाको दिन आफु दिनभरी जिल्ला प्रहरी कार्यालय र मालपोत कार्यालयमा रहेकाले घटनाबारे अनविज्ञ रहेको यादवले स्पिस्टिकरण दिएका छन् ।

nijgadh-supermart-adz1200-630