गोरखा जिल्लालाई टुक्र्याएर दुई वटा बनाउनुपर्ने सर्वपक्षीय निर्णय
वि.सं.२०७८ फागुन १ आइतवार १६:२५
1.98K
shares

गोरखा । सर्वपक्षीय बैठकले गोरखा जिल्लालाई दुई टुक्रा पार्ने निर्णय गरेको छ ।
सबैजसो राजनीतिक दल, जनप्रतिनिधि र सामाजिक अगुवाहरूको सर्वपक्षीय बैठकले गोरखाका धार्चे र चुमनुब्रीलाई अलग पार्नुपर्ने निर्णय गरेको हो ।
दुवैलाई छुट्टा–छुट्टै जिल्ला बनाउनुपर्ने उनीहरूको माग छ ।
यसका लागि उनीहरूले समन्वय समिति पनि गठन गरेको छ । धार्चेका विश्व गुरुङको संयोजकत्वमा चार सदस्यीय र चुमनुब्रीका गणेश कार्कीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।
यसअघि, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गोरखालाई दुई जिल्ला बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
वि.सं.२०७८ फागुन १ आइतवार १६:२५

















