आज संसदमा एमसिसी टेबल नहुने
वि.सं.२०७८ फागुन ६ शुक्रवार १२:०३

काठमाडौं । आज पनि एमसीसी संसद बैठकमा टेबल नहुने भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा सत्ता गठबन्धन दलबीच बैठक निष्कर्षमा पुग्न नसकेपछि संसदमा पेश नहुने भएको हो।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन् ।
‘प्रधानमन्त्रीले आजै एमसिसी संसदमा पेस गरौं भन्नुभएको थियो। हामीले भोलि हाम्रो पार्टीको स्थायी कमिटी बैठक छ। पर्सि फेरि छलफल गरौं भन्यौं,’ नेपालले भने,‘प्रधानमन्त्री आज एमसिसी संसदमा पेस नगर्न सहमत हुनुभयो।’ नेपालका अनुसार फेरि ८ गते बैठक बस्नेछ ।
आजको बैठकमा नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्यो चाँडो एमसिसी संसदमा पेस गर्ने पक्षमा छन् ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १२:०३

















