skip this

एमसीसीबिरुद्ध देशभर विरोध प्रदर्शन, आयो यस्ताे अमेरिकी राजदुतको ‘धम्की’पूर्ण ‘नोटिस’..!

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपालसामु दबाब दिइरहेको छ।

अहिले अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक कृयाकलाप स्वीकार्न नसकिने बताएको छ। एमसीसीको विरोधमा केही दिनयता काठमाडौंमा भइरहेका प्रदर्शनमा हिंसात्मक झडप हुन थालेपछि अमेरिकाले मुख खोलेको हो।

https://faraknepal.com/13020

शुक्रबार मात्रै देशका विभिन्न भागमा बम राखिएका समाचार आएका थिए। एमसीसीको विरोधमा नाममा सर्वसाधारणलाई तर्साउन बम तथा अन्य शंकास्पद गतिविधि हुन थालेपछि अमेरिकाले सचेत गराएको हो। नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले एमसीसीबारे वास्तविकतामा आधारित बहस र टिप्पणीलाई सधैँ स्वीकार्ने बताएका छन्।

उनले एमसीसीबारे अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक भएको बताउँदै त्यो लोकतन्त्रमा अन्तर्निहित अधिकार हो भनेका छन्। तर राजदूत बेरीले एमसीसीको विरोधका नाममा हुने हिंसात्मक गतिविधि कदापि स्वीकार्य नहुने जनाएका छन्।

शुक्रबार दिउँसो राजधानीमा प्रदर्शनकारीले सडकमा टायरसमेत बाल्दै एमसीसीको विरोधमा चर्का नाराबाजी गरेका छन्।

https://faraknepal.com/13016

@USAmbNepal
nijgadh-supermart-adz1200-630