skip this

श्रमिक अस्पताल स्थापना गर्ने सरकारको निर्णय

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । सरकारले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
मन्त्रिपरिषद्को यही फागुन ५ गते बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिए ।
श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठको प्रस्तावमा अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले निर्णय गरेकाे हाे ।
अस्पताल कहाँ निर्माण गर्ने भन्ने विषय खुलेकाे छैन् । यसअघि चितवनमम शिक्षक अस्पताल निर्माण गर्ने सरकारले निर्णय गरेकाे छ । नेपालमा निजामती कर्मचारीका लागि काठमाडौंमा सिभिल हस्पिटल सञ्चालनमा छ ।

nijgadh-supermart-adz1200-630