skip this farak Kura Pravakar

मलेसियामा नेपाली सुरक्षा गार्डमाथि कुटपिट

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । मलेसियामा एक नेपाली सुरक्षा गार्डमाथि कुटपिट भएको छ ।
सपिङ मलको प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ नगर्न भनेपछि नेपाली सुरक्षा गार्डलाई अपरिचित दुई जनाले कुटपिट गरेका हुन् ।
मोटरसाइकल सपिङ मलको प्रवेशद्वारमा पार्किङ गरेर भित्र पसेका उनीहरूले फर्कने क्रममा गार्डलाई कुटपिट गरेको अम्पाङजयाका प्रहरी प्रमुख फारुक इशाकलाई उद्धृत गर्दै फ्री मलेसिया टुडेले जनाएको छ ।
‘उजुरीकर्ताको देब्रे आँखा र नाकमा चोट लागेपछि अस्पताल अम्पाङमा उपचार भइरहेको छ,’ प्रहरी प्रमुख इशाकले भने । ‘व्यवस्थापनले प्रहरीलाई बोलाऔँ र हामीले दुई संदिग्धहरूलाई उनीहरूको बयान रेकर्ड गर्न स्टेशनमा ल्यायौं,’ उनले थपे, उनीहरूलाई स्वेच्छाले चोट पुर्‍याएकोमा दण्ड संहिताको धारा ३२३ अन्तर्गत अनुसन्धान भइरहेको छ।
शुक्रबार पाण्डन क्यापिटल मलमा भएको घटनाको रेकर्डिङ सामाजिक सञ्जालमा भाइरल भएको प्रहरीले जनाएको छ । कुटिएका नेपाली युवाको परिचय खुलाइएको छैन ।

nijgadh-supermart-adz1200-630