skip this

एनआरएनए जापान केन्द्रीय सदस्यमा पराजित भएपछि अनिलले भन्छन्-यो अन्त्य होइन, सुरुवात हो

1.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- एनआरएनए जापान (२०२५–२०२७) केन्द्रीय सदस्य पदका उम्मेदवार अनिल गिरी निर्वाचनमा पराजित भएका छन्।

जापानमा लामो समयदेखि सामाजिक तथा संस्थागत क्रियाकलापमा सक्रिय गिरीले यसअघि जुलाई २७ मा सम्पन्न निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै समुदायलाई सेवा, पारदर्शिता र सहकार्यमा आधारित एजेन्डा अघि सारेका थिए ।

३७८५ मत ल्याएका उनी ७ सय ६१ मतान्तरले पराजित भएका हुन् ।

पराजयपछि गिरीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन् –
“गल्ति भए माफ पाउ । तपाईंहरूको भोटको सम्मान गर्न सकिन माफ पाउ । तर यो सुरुवात हो, अन्त्य होइन।”

गिरी विगतमा NRNA Japan का मानार्थ सदस्य, NRNA Sendai का उप–संयोजक तथा हेल्प डेस्क संयोजक, बारा समाज जापान का अध्यक्ष र Nepal–Japan Friendship Lions Club का मियागी संयोजकको जिम्मेवारी सम्हालिसकेका छन्।

सामाजिक सञ्जालमार्फत उनले समर्थन गर्ने सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि नेपाली समुदायको हितमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

nijgadh-supermart-adz1200-630