skip this farak Kura Pravakar

साउदीमा जमेका डुमरवानाका सञ्जाेग : फेशन म्यानेजरदेखि व्यवसायी र सामाजिक अभियन्तासम्म

साउदीकाे राजधानी रियादमा सञ्चालनमा ल्याए रेष्टुरेन्ट

2.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे डुमरवानाका सञ्जोग पाण्डेले साउदीकाे राजधानी रियादमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

साउदी एनआरएनएको सह–कोषाध्यक्ष समेत पाण्डेले
बाथामा स्पुन कर्नर मल्टी क्युजिन रेष्टुरेन्ट औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन् ।

रेष्टुरेन्टले भारतीय, चिनियाँ, फिलिपिनी र विशेषगरी नेपाली ठकाली परिकारको प्रामाणिक स्वाद पस्कने सञ्चालक पाण्डेले जानकारी दिए ।

साउदिस्थित नेपालका राजदूत डा. नरेश विक्रम ढकालले रिबन काटेर रेस्टुरेन्टको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा कूटनीतिक नियोगका सदस्यहरू, समुदायका अगुवा तथा विभिन्न सामाजिक–राजनीतिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यस्तै विभिन्न व्यवसायी, समाजसेवी, पत्रकार, संघ-संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै राजदूत डा. ढकालले विदेशमा नेपाली स्वाद र आत्मीयता फैलाउने यस्ता प्रयासहरू प्रसंसनीय रहेको उल्लेख गरेका छन् ।

नेपाली समुदायलाई लक्षित गरी शुद्ध, स्वादिलो र स्वदेशमै भएको अनुभूति दिने सेवा उपलब्ध गराउने सञ्चालक पाण्डेले बताए ।

उनले उद्घाटन कार्यक्रममा सहभागी भई सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै अझ उत्कृष्ट सेवाको प्रतिबद्धता जनाएको छ ।

काे हुन् सञ्चालनक पाण्डे

जीतपुरसिमरा–१५ डुमरवाना निवासी सञ्जोग पाण्डे साउदी अरबस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए) कोन्द्रीय समितिको सह–कोषाध्यक्ष पदमा २०२५–२०२७ कार्यकालका लागि हालै निर्विरोध चयन भएका छन् ।

यसअघि पाण्डेले २०२३–२०२५ कार्यकालमा केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरेका थिए ।

करिब २० वर्ष फेशन रिटेल क्षेत्रमा कार्यानुभव जुटाएका पाण्डे हाल साउदी अरबमै मल्टी क्युजिन रेष्टुरेन्ट व्यवसायमा संलग्न छन् ।

सामाजिक सेवामा सक्रिय पाण्डे हाल उपकारी नेपाली समूह, सिर्जना सांस्कृतिक समूह, पारिवारिक समाज–साउदी अरब लगायतका संस्थामा समेत आवद्ध रही विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

nijgadh-supermart-adz1200-630