हामी इमान्दार छौँ भने सदनबाट एमसीसी पास नगरौँ : पोखरेल
वि.सं.२०७८ फागुन १५ आइतवार २१:०२

काठमाडौं । काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले एमसीसी सम्झौता पास नगर्न सभामुखमार्फत सरकारलाई आग्रह गरेका छन् ।
एमसीसीमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दलका नेता समेत रहेका पोखरेलले भने, ‘यस्तो बेलामा प्रतिनिधि सभाबाट जारी गरिने व्याख्यात्मक घोषणाप्रति हामी साच्चै इमानदार छौँ भने यो सदनबाट आज पारित नगरौँ ।’
उनले यसमा व्यापक छलफल हुनुपर्ने समेत बताए । ‘व्यापक छलफल गरौँ त्यसको जगमा सरकारले नयाँ सिराबाट अमेरिकी सरकार र एमसीसीसँग छलफल गर्नुस् । सम्झौताको अङ्ग बनाउनुस् । उधारो घोषणाबाट एमसीसी खारेज हुँदैन । उल्टो सम्झौता पारित हुने र हाम्रो मुद्दा सम्बोधन नहुने कच्चा काम नगरौँ ।’
पोखरेलले जेनेभा अभिसन्धि काँग्रेसले अनुमोदन नगरेको विषय नबिर्सन भन्दै एमसीसी एउटा कम्पनी भएकाले यसले पनि एउटा प्रक्रियाबाट जानुपर्ने बताए । ‘हाम्रो एकतर्फी घोषणाको कानुनी हैसियत हुँदैन’, पोखरेलको भनाइ छ ।
वि.सं.२०७८ फागुन १५ आइतवार २१:०२

















