skip this

स्वयम्भूमा ग्याल्पो ल्होसारको रौनक (फोटो फिचर)

4.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाएका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१४९ औँ ग्याल्पो ल्होसार मनाएका हुन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन समेत छ । शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन् । यो समुदाय बुद्ध धर्ममा विश्वास राख्ने हुनाले पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्, जसलाई लामा ‘ल्होसार’ भनिन्छ ।

दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ ।

तेस्रो दिन उनीहरू बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल (भैरव, महाकाल आदि) को पूजा गर्छन् जसलाई ‘धर्मपाल ल्होसार’ भनिन्छ ।

ग्याल्पो ल्होसार पर्वको अवसरमा काठमाडौंको बौद्ध र स्वयम्भू क्षेत्रमा शेर्पा समुदायको बिहानैदेखि भिडभाड देख्न सकिन्छ । यो वर्ष स्वयम्भूमा विगतको तुलनामा भिडभाड कम देखिएको छ ।
हेर्नुस् तस्वीरहरु :

भिडियो

nijgadh-supermart-adz1200-630