skip this farak Kura Pravakar

जनकपुरबाट पोखराको लागि पहिलो पटक हवाइ सेवा सञ्चालनमा (फाेटाेफिचर)

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम । जनकपुरबाट पोखराको लागि शनिबारदेखि पहिलो पटक हवाइ सेवा सञ्चालन हुने भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली तथा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा हवाइ उडानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

बुद्ध एयरले साताको तीन दिन पोखरा जनकपुर हवाइ सेवा सञ्चालन गर्न लागेको हो ।

शनिबार बिहान १० बजे पोखराबाट जनकपुरधाम आउने सोही विमानबाट गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली मधेश प्रदेशका मुख्यमन्त्री राउतको निमन्त्रणामा जनकपुरधाम आइपुग्ने कार्यक्रम रहेको छ ।

बुद्ध एयरका स्टेशन म्यानेजर विजय कुमार सिंहले दिएको जानकारी अनुसार सोमबार,विहीबार र शनिबार गरी साताको तीन दिन जनकपुरधाम पोखरा हवाइ सेवा सञ्चालन हुनेछ । ४५ मिनेटको यात्रा रहेको सो विमानको लागि ४ हजार १ सय देखि ९ हजार एक सय सम्म भाडादर निर्धारण गरिएको म्यानेजर सिंहले जनाए ।

अहिले साताको तीन दिन मात्रै एउटा उडान भर्ने निर्णय गरिए पनि यात्रुको चाप देखेर सेवा विस्तार गरिने उनले बताए ।

nijgadh-supermart-adz1200-630