प्रहरी जवानद्वारा आफैँलाई गोली हानेपछि..!
वि.सं.२०७८ फागुन २२ आइतवार १७:४६
1.47K
shares

काठमाडाैं । कैलालीमा एक जना प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरी आत्महत्या प्रयास गरे पनि उनी खतरामुक्त भएका छन्।
कालिकोटको कालाकुण्ड प्रहरी चौकीमा कार्यरत प्रहरी जवान झंकर बोहराले ड्युटीमै रहेका बेला शनिबार बेला आफैँमाथि गोली प्रहार गरेका थिए।
गोली प्रहारबाट घाइते भएका प्रहरी जवान बोहरालाई उपचारका लागि काठमाडौँको प्रहरी अस्पताल पुर्याइएको र उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।
उनले आफैलाई चिउँडोमा गोली हानेका थिए।
पारिवारिक तनावका कारण उनले आफूलाई गोली प्रहार गरेको हुनसक्ने प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।
वि.सं.२०७८ फागुन २२ आइतवार १७:४६
















