काँधमा बन्दुक भिरेर भाइरल भएका गाउँपालिका अध्यक्ष बस्नेतले सीडीओलाई भने- आइन्दा बोक्दिनँ
वि.सं.२०७८ फागुन २४ मंगलवार १६:२५

काठमाडाैं । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेतले अब आइन्दा बन्दुक नबोक्ने प्रतिबद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतले एक सार्वजनिक कार्यक्रममा आफूसँग बन्दुक नबोक्ने प्रतिबद्धता जनाएको बताए ।
‘उहाँसँग बन्दुकको लाइसेन्स रहेछ । देशैभरि बोकेर हिँड्ने अनुमति पाउनु भएकोछ ’, सीडीओ शाहीले भने, ‘तर उहाँले अहिलेसम्म कसैलाई धम्की दिएको देखिएको छैन । सार्वजनिक पदमा भएका कारण प्रश्न उठ्नु स्वाभाविक हो ।’
गाउँपालिकाका अन्य जनप्रतिनिधिले पटकपटक अध्यक्ष बस्नेतलाई बन्दुक नबोक्न भने पनि नटेरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।
बस्नेत बन्दुक बोकेर गाउँ डुल्ने गरेको समाचार फरक नेपाल डटकममा प्रकाशित भएको थियो ।
वि.सं.२०७८ फागुन २४ मंगलवार १६:२५
















