skip this farak Kura Pravakar

निगमले पठायो १४ अर्ब ३० करोड रुपैयाँ

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनलाई १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको छ ।

निगमले आईओसीलाई फागुन महिनामा तेल किने बापत उक्त रकम भुक्तानी पठाएको हो ।

निगमका प्रवक्ता बिनितमणी उपाध्यायले आज पहिलो किस्ता बापतको १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी पठाएको बताए । उनले फागुन महिनामा कुल २६ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेमा बाँकी रकम २३ मार्चमा पठाइने जानकारी दिए ।

तेल किनेको रकम भुक्तानीका लागि सरकारले मूल्य स्थिरिकरण कोषबाट निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

कोषले दिने रकम निगम नाफामा हुँदा आयात हुने प्रतिलिटर पेट्रोलियम पदार्थबाट एक प्रतिशतका दरले संकलन गरिएको हो । निगम नाफामा हुँदा उठाइएको रकम सञ्चालनमा समस्या पर्दा प्रयोग गर्ने व्यवस्था छ ।

 

nijgadh-supermart-adz1200-630