skip this farak Kura Pravakar

वैदेशिक रोजगार सम्वन्धी कल्याणकारी सेवाहरु अव अनलाइनबाटै

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपूर्ति लगायत कल्याणकारी सेवाहरु अबदेखि अनलाइनबाटै हुने भएको छ । बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरी कल्याणकारी सेवाहरु अनलाइनबाटै हुने व्यवस्था गरेका हुन्।

बोर्डले आफ्ना कल्याणकारी सेवाहरु अनलाइनबाटै प्रदान गर्न सफ्टवेयर बनाएको छ । जसअनुसार वैदेशिक रोजगार बोर्ड सचिवालयले प्रदान गर्ने आर्थिक सहायता स्थानीय तहमार्फत निवेदन लिई नजिकको हकदारको बैंक खातामा सिधै जाने व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक संयोजक रहने गरी मन्त्रालय, विभाग, वीमा समिति, बैंकका प्रतिनिधि सम्मिलित वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली निर्देशक समिति पनि गठन गरिएको छ ।

nijgadh-supermart-adz1200-630