प्रेस युनियनको महाधिवेशन जेठ १३-१४ हेटौंडामा हुने
वि.सं.२०७८ फागुन २९ आइतवार १९:५९
2.55K
shares

काठमाडौं : नेपाली कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको महाधिवेशनको मिति तोकिएको छ ।
युनियनको स्थापना दिवसको अवसर पारेर आगामी जेष्ठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिएको हो ।
युनियनको आज बसेको सचिवालयको बैठकले महाधिवेशनको मिति तोक्ने निर्णय गरेको कोषाध्यक्ष सरोज अधिकारीले जानकारी दिए ।
२०७१ भदौमा पोखरा महाधिवेशनपछि पटक-पटक मिति तोकिए पनि युनियनको महाधिवेशन हुन सकेको छैन ।
वि.सं.२०७८ फागुन २९ आइतवार १९:५९
















