देशभरका सबै यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द
वि.सं.२०७८ चैत ९ बुधवार १४:३२
1.01K
shares

काठमाडौँ । देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ।
यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो।
विभागका प्रवक्ता डा लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए।
वि.सं.२०७८ चैत ९ बुधवार १४:३२
















