एमालेलाई ‘धुलोपिठो’ पार्ने दाउमा सरकार छ : ओली
वि.सं.२०७८ चैत ९ बुधवार १४:५१
1.46K
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीले जनादेशलाई निषेध गर्दै बनेको सरकार र वर्तमान गठबन्धनका नेताहरु उल्टो बाटोमा हिँडिरहेको बताएका छन् ।
केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीको यस्तो टिप्पणी छ ।
उनले भनेका छन्, “मुलुकलाई सहमति र समझदारीतिर होइन, द्वन्द्व र ध्रुवीकरणतिर धकेलिरहेका छन् ।
प्रतिपक्षलाई समाप्त पार्ने, धुलोपिठो पार्ने, बदला लिने जस्ता सत्तारुढ नेताहरुका अलोकतान्त्रिक अभिव्यक्तिले उनीहरुमा न्यूनतम लोकतान्त्रिक आचरण समेत नभएको स्पष्ट पारेको छ र उनीहरु सामाजिक फासीवादतिर अग्रसर हुँदै गरेको संकेत गरेको छ ।
वि.सं.२०७८ चैत ९ बुधवार १४:५१















