फिलिपिन्समा बाढी,पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु
वि.सं.२०७८ चैत २९ मंगलवार ११:५०
1.56K
shares

काठमाडौं । फिलिपिन्समा उष्णीय (उष्णकटी बनधीय) आँधीका कारण आएको बाढीपहिरोमा परी कम्तीमा २५ जनाको ज्यान गएको छ ।पूर्वीतटमा आँधी आएपछि १३ हजारभन्दा बढी मानिस उच्च स्थानमा भएका आश्रयस्थलतर्फ गएका छन् ।
भारी वर्षा र हावाहुरीले विद्युत् आपूर्ति अवरुद्ध भएको छ । बाढीपहिरोका कारण गाउँ हिलाम्मे भएका छन् ।मध्य एवं दक्षिण फिलिपिन्समा आइतबार आएको ‘मेगी’ नामक आँधीको गति प्रतिघण्टा ६५ किलोमिटरसम्म थियो । फिलिपिन्स यस्ता आँधी बर्सेनि औसतमा २० पटक चल्ने गर्छन् । बीबीसी र अलजजिराबाट ।
वि.सं.२०७८ चैत २९ मंगलवार ११:५०

















