skip this

जीतपुरसिमराको मेयरमा माओवादी केन्द्रबाट राजन पौडेलको नाम सिफारिस

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर उम्मेद्वारमा माओवादी केन्द्रकोतर्फबाट नेता राजन पौडेलको नाम सिफारिस भएको छ ।

माओवादी केन्द्रको उपमहानगर कमिटीले नगर प्रमुखमा पौडेलेको नाम सिफारिस गरेको हो ।

पार्टीको केन्द्रिय कमिटीलाई समेत उपमहानगर कमिटीले गरेको निर्णयको बारेमा जानकारी गराएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बरालले नगरप्रमुखमा पौडेलको मात्रै नाम सिफारिस गरिएको जानकारी दिए । ‘वैशाख ४ गते उपमहानगरकमिटिको बैठक बसेका थियौं । नगर प्रमुखको नाम सिफारिस गर्ने बारे छलफल भएको थियो’, उनले भने, ‘८० जना नगर कमिटी सदस्य मध्ये ५८ जना आउनुभएको थियो । एक जना बाहेक सबैले राजन जी कै नाम लिनुभयो । उहाँको नाम सिफारिस गरेर जिल्ला र प्रदेश इन्चार्जलाई पठाइसकेका छौं ।’

माओवादी केन्द्रमा उपमहानगर कमिटिले पठाएको नाम जिल्ला समन्वय समितिले प्रदेश कमिटिमा सिफारिस गर्ने प्रावधान छ ।

नेता पौडेल २०७४ को निर्वाचनमा पनि नगरप्रमुखको प्रत्यासी थिए । उनले ११ हजार २ सय ५१ मत ल्याएका थिए । नगरप्रमुखमा पराजित भए पनि पौडेलले राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

सत्ता गठबन्धनले भागबण्डा गर्दा जीतपुरसिमराको मेयर माओवादीको भागमा परेको छ ।

nijgadh-supermart-adz1200-630