झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
वि.सं.२०७९ वैशाख ९ शुक्रवार ११:०१
2.53K
shares

काठमाडौँ । झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय १९ वर्षीय दिपेश विष्ट रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको हो ।
विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल गए राती साढे ११ बजे बिजुलीको पोलमा ठोकिएको इलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ ।
वि.सं.२०७९ वैशाख ९ शुक्रवार ११:०१

















