अफगानिस्तानको एक मस्जिदमा विस्फोट,१० जनाको मृत्यु
वि.सं.२०७९ वैशाख १७ शनिवार ०७:३३
1.58K
shares

काठमाडौं । अफगानिस्तानमा विष्फोट हुँदा १० जनाको मृत्यु भएको छ । अफगानिस्तानको एक मस्जिदमा शक्तिशाली विस्फोट हुँदा कम्तिमा १० जनाको ज्यान गएको हो ।विस्फोटमा २० भन्दाबढी घाइते भएका छन्।
राजधानी काबुलमा रहेको खलिफा आगा गुलजान मस्जिदमा हिजो प्रार्थनाका क्रममा विस्फोट भएको सरकारी अधिकारीहरूले जनाएका छन्। पछिल्लो समय विस्फोटका घटना बढेको त्यहाँका अधिकारीले जनाएका छन्।
वि.सं.२०७९ वैशाख १७ शनिवार ०७:३३

















