skip this

श्रमिकलाई दक्ष बनाउँदै गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य हो – प्रदेश प्रमुख शर्मा

1.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रमिक वर्गले गरिखाने सुनौला अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।१३३ औं अन्तरार्ष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले श्रमिकलाई दक्ष बनाउँदै उनीहरुलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका हुन् ।

‘संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन प्रत्येक वर्ष मे १ मा मनाइने ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’का सन्दर्भमा सम्पूर्ण श्रमजीविहरुमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । मे दिवसले श्रम क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गर्दै उनले विश्वभर सञ्चालन भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलन, विद्रोह र परिवर्तनमा श्रमिकवर्गको अतुलनीय भूमिका रहेको बताए ।

nijgadh-supermart-adz1200-630