तेह्रथुममा यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
वि.सं.२०७९ वैशाख २५ आइतवार १३:२१
1.55K
shares

काठमाडौं । तेह्रथुममा ५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालिगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेत रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७९ वैशाख २५ आइतवार १३:२१

















