कलंकी चोकमा टिपरले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु
वि.सं.२०७९ वैशाख २८ बुधवार ०८:१०
1.31K
shares

काठमाडौं । आज बिहान काठमाडौंको कलंकी चोकमा टिपरले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो ।टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।
टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
वि.सं.२०७९ वैशाख २८ बुधवार ०८:१०
















