skip this

हेटौंडा उपमहानगरपालिका , एमाले ९, कांग्रेस ८, एस र माओवादी एकरएक वडामा विजयी

1.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । १९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा र नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले एक÷एक वडामा विजय हासिल गरेको छ ।

एमालेले हेटौंडाको वडा नम्बर ४, ५, १०, ११, १३, १४, १५, १८ र १९ जितेको छ भने कांग्रेसले १, २, ३, ६, ७, ८, १६ र १७ नम्बर वडा, नेकपा एसले ९ नम्बर वडा र माओवादी केन्द्रले १२ नम्बर वडामा विजय हासिल गरेका छन् । एमालेबाट हेटौंडा ४ मा नविन सिग्देल–२११२, ५ मा सुशील घिमिरे –२५३०, १० मा फुर्वादोर्जे तामाङ –९७२, ११ मा जुना दाहाल ९१५१४०, १३ मा पेम्बा लामा – १३१५, १४ मा दीपक खड्का –१७८२, १५ मा सुनिल मोक्तान –२४९१, १८ मा अनिल कुमार बानियाँ –१८९८ र १९ मा नरनाथ सुवेदी ‘नवराज’–१४२३ विजयी भएका हुन् ।

यस्तै, कांग्रेसबाट वडा नम्बर १ मा सविन न्यौपाने –१४६७, २ मा विष्णुगोपाल महर्जन–१२५८, ३ मा ढलकबहादुर थापा–१५८४, ६ मा बिष्णुबहादुर दाहाल –११८१, ७ मा दामोदर गौतम –१४९०, ८ मा राम थापा (२२१३), १६ मा रामकृष्ण कोइराला–२४३८ र १७ उद्धव सत्याल – १३१४ विजयी भएका हुन् । नेकपा एसबाट हेटौंडा ९ मा सुकराम केसी–२३४५ र माओवादीबाट हेटौंडा १२ मा ललितबहादुर घलान –१३७१ विजयी भएका छन् । २०७४ सालमा निर्वाचनमा एमालेले १२ वटा वडा अध्यक्ष जितेको थियो भने कांग्रेसले ५ र माओवादीले २ वटा वडा जितेको थियो ।

nijgadh-supermart-adz1200-630