काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज पनि बस्दै
वि.सं.२०७९ जेठ १७ मंगलवार ०७:३४
1.7K
shares

काठमाडौं । आज पनि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दैछ। १० बजेपछि बैठक बस्नेगरी बोलाइएको प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए । यसअघि सोमबार बसेको बैठकले फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।
त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल, रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गरिने, सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइने लगायतका निर्णय पनि भएको थियो ।
वि.सं.२०७९ जेठ १७ मंगलवार ०७:३४

















