skip this

अछाम घटनाको छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन सभामुखको निर्देशन

960 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अछामका विनोद शाहीको हत्या घटनाको छानबिन गरि दोषीलाई कारबाही को दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा अछामका नेकपा एमालेका सांसद यज्ञ बोगटीले शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका हुन् ।

सांसद शाहीले उक्त राजनीतिकरण भएको आरोप लगाए । अछाम प्रशासनले हत्याका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत उनले सरकारको ध्यानाकर्षण गराए । गृहमन्त्रीले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएपछि जाहेरी दर्ता नभएको बोगटीले बताए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय विनोद शाहीको जेठ २१ गते बिहान घर नजिकैको भीरमा शव फेला परेको थियो । मृतक किशोरका आफन्तले हत्या भएको आरोप लगाउदै आएका छन् ।

nijgadh-supermart-adz1200-630