skip this

बन्चरेडाँडामा झडप, अश्रुग्यास प्रहार

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । धादिङको बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने विषयमा बुधबार पनि झडप भएको छ । प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको सशस्त्र प्रहरी बल नेपाल ल्यान्डफिल साइट सुरक्षा बेस ओखरपौवाले जनाएको छ ।

मंगलबार पनि फोहोर विसर्जन गर्ने विषयमा झडप भएको थियो । वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन, गुठीको ९० प्रतिशत जग्गा उपभोग, रोजगारीलगायत माग राखेर स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेका छन् ।

nijgadh-supermart-adz1200-630