skip this farak Kura Pravakar

स्वतन्त्र उम्मेदवारी परेपछि जिल्ला समन्वय समिति दैलेखको निर्वाचन विवादित

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जिल्ला समन्वय समिति दैलेखको निर्वाचन यतिबेला विवादित र चासोको केन्द्रमा छ । जिल्ला समन्वय समितिको प्रमुख र एक सदस्यमा स्वतन्त्र उम्मेदवारी परेपछि निर्वाचन विवादित बनेको हो । जिसस दैलेखको प्रमुख पदमा नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारी खारेजको माग गर्दै उजुरी परेपछि भोलि जेठ २६ गते हुने भनिएको मतदान समेत अन्यौलमा परेको छ ।

सो पदका काँग्रेसको आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले बागी उम्मेदवार नमराज शाहीको उम्मेदवारी खारेजको उजुरी दिएकी छन् । जिल्ला समन्वय समितिको निर्वाचन निर्देशिका २०७४ को दफा १८ मा कुनै एक दलबाट निर्वाचित व्यक्ति अर्को दलबाट जिसस प्रमुख, उपप्रमुख वा सदस्य कुनै पदमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्थालाई उजुरीकर्ताले उल्लेख गरेकी छन् ।

nijgadh-supermart-adz1200-630