ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउनुपर्छ –प्रकाशमान सिंह
वि.सं.२०७९ जेठ २६ बिहीवार १४:२३
1.13K
shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन आग्रह गरेका छन्।आज संसद बैठकमा बोल्दै उनले काठमाडौंमा ट्राफिक जाम हुने समस्या समाधान नभएकोले कार्यालय समय फरक पार्नुपर्ने बताएका छन्।
‘फोहोरमैला र मूल्यवृद्धिको समस्या खेपिरहेका नागरिकले ट्राफिक जामको समस्या भोगिरहेका छन्,’ उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँ पुग्न धेरै समय लाग्ने गरेको छ। विद्यालय खुल्ने समय र कार्यालय समय फरकफरक समयमा हुने व्यवस्था मिलाउन सके सडकमा जाम कम हुन्छ।’
वि.सं.२०७९ जेठ २६ बिहीवार १४:२३
















