नेपाल एयरलाइन्सका महाप्रवन्धक ज्वारचनले गरे पदभार ग्रहण
वि.सं.२०७९ असार ९ बिहीवार २१:०९
1.1K
shares

काठमाडौं । नेपाल एयरलाइन्सका नवनियुक्त महाप्रवन्धक दीप ज्वारचनले पदभार ग्रहण गरेका छन् ।
मन्त्रिपरिषद्को ६ असारको बैठकले ज्वारचनलाई महाप्रवन्धकमा अस्थायी नियुक्ति दिएको पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले बिहीबार हस्तान्तरण गरेको थियो ।
पदभार ग्रहण गर्दै ज्वारचनले सबैबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेका छन् । उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउने बताए ।
यसको कार्यान्वयन गर्न रणनीति तथा कार्ययोजना बनाएर सबैको साथ लिएर अगाडि बढ्ने उनको भनाइ छ ।
वि.सं.२०७९ असार ९ बिहीवार २१:०९

















