आज यि प्रदेशमा भारी वर्षाको सम्भावना
वि.सं.२०७९ असार १० शुक्रवार ०६:४२
City commuters are seen through heavy rain, in Sydney, Tuesday, June 19, 2018. The Bureau of Meteorology have issued a severe weather warning for parts of the Hunter, Central Coast and Sydney, which in turn brought about a hazardous surf warning for the area as well. (AAP Image/Chris Pavlich) NO ARCHIVING
काठमाडौं । बिहान प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो नै प्रदेश १ र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।
शनिबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सोही दिन प्रदेश १ ,बाग्मती, गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
वि.सं.२०७९ असार १० शुक्रवार ०६:४२

















