skip this farak Kura Pravakar

बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज सार्वजनिक गर्नुपर्छ –कृष्णगोपाल श्रेष्ठ

1.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एमाले सांसद कृष्णगोपाल श्रेष्ठले १४ असारमा बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज अविलम्ब सार्वजनिक गर्न माग गरेका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ असारमा अनधिकृत मान्छे सहभागी गराई बजेट बनाएकाले अर्थमन्त्रीले तत्काल राजीनामा दिन माग गरे ।

एमाले अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेटमा भएको मानवीय त्रुटिका कारण तत्कालीन अर्थ सचिवले राजीनामा दिएको उनले बताए । यस्तै, पूर्वअर्थमन्त्री डा।रामशरण महतले पनि बजेटका विषयमा सांसदहरूले प्रश्न उठाएपछि आफूले तत्काल राजीनामा दिएको उल्लेख गर्दै अहिलेका अर्थमन्त्री शर्मालाई पनि राजीनामा दिन माग गरे ।

nijgadh-supermart-adz1200-630