skip this

हेटौँडामा पेस्तोल र गोलीसहित दुई युवक पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो हवाई फायर

57 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मकवानपुर-मकवानपुरको हेटौँडामा अवैध हतियारसहित दुई युवक पक्राउ परेका छन्। अटोमा सवार उनीहरूलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको छ।

हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलमा शनिबार दिउँसो अटो जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुर र इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्न खोज्दा चालकले भाग्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ।

त्यसपछि अटोमा सवार दुई जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने एक थान म्यागजिन र पिँदीमा चोट लागेको अवस्थामा एक राउण्ड गोली बरामद भएको हो।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन्।

सशस्त्र प्रहरीले पक्राउ परेका दुवै युवकसँगै बरामद हतियार, गोली, म्यागजिन र अटोसमेत आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नम्बर १४ गण मकवानपुरमा राखेको जनाएको छ।

nijgadh-supermart-adz1200-630