skip this

सत्ता गठबन्धनको निजगढ विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण (फोटोफिचर)

2.68K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेर निमार्णाधिन अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययन गरेका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, वन मन्त्री रामसहायक यादबगायतले स्थलगत निरीक्षण गरेका हुन् ।

नेपाली सेनाको हेलिकप्टर मार्फत निजगढ पुगेको टोली काठमाण्डौं–मधेस फास्ट ट्रयाकको जिरो किलोमिटरमा ओर्लिएको थियो । उनीहरुलाई गठबन्धनका जिल्ला नेताहरु तथा पालिका प्रमुख उपप्रमुखहरुले स्वागत गरेका छन् ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गएका हुन् ।

तस्वीरहरु: सन्तोष दंगाल

nijgadh-supermart-adz1200-630