आज सुनको मुल्यमा बृद्धि, कतिमा हुँदैछ, कारोबार ?
वि.सं.२०७९ असार २१ मंगलवार १३:१८
1.62K
shares

काठमाडौं । आज नेपाली सुन,चाँदी बजारमा सुनको मुल्यमा तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको मुल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७९ असार २१ मंगलवार १३:१८
















