skip this

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीका नाम प्रस्ताव गर्ने सम्भावना

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान ११ बजे नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ। गत आइतबारदेखि जारी बैठकमा मंगलबार र बुधबार भने स्थगित भएको थियो।मंगलबार पदाधिकारी, पोलिटब्यूरो चयनलगायतको गृहकार्यका लागि बैठक स्थगित गरिएपनि बुधबारको बैठक अर्थमन्त्री प्रकरणमा संसदीय छानबिन समिति गठन, संसद बैठकलगायतले बिहीबारका लागि सारिएको थियो।

प्रज्ञा भवन कमलादीमा हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार र सोमबार केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन्।प्रचण्डले सकेसम्म सहमतिमै पदाधिकारी चयन गर्ने बताइरहेका छन्। उनले आफूले प्रस्ताव गरेका नाममा मतदानमा नजान पनि आग्रह गरेका थिए।

nijgadh-supermart-adz1200-630