skip this

गठबन्धन राजनीतिक दलका बीचमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि हुने –परराष्ट्रमन्त्री खड्का

921 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राजनीतिक दलका बीचमा गठबन्धन स्वाभाविक भएको नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा.नारायण खड्काले बताएका छन्। उनले गठबन्धन राजनीतिक दलका बीचमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि हुने बताए।

परराष्ट्रमन्त्री खड्काले पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा विचार नमिल्ने देशहरूबीचसमेत गठबन्धन हुने गरेको उल्लेख गर्दै देशभित्रै विचार नमिल्ने पार्टीसँग गठबन्धन हुनु स्वाभाविक भएको बताए। पार्टीका कतिपय केन्द्रीय सदस्यहरूले चुनावमा विचार नमिल्ने कम्युनिस्टहरुसँग गठबन्धन गर्न नहुने धारणा राखेपछि खड्काले यस्तो बताएका हुन्।

nijgadh-supermart-adz1200-630