skip this farak Kura Pravakar

दार्चुलामा २० वर्षीया युवती मृत फेला

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

दार्चुला-महाकाली नगरपालिका–३ मानाकोटमा एक युवती मृत फेला परेकी छन् ।

मानाकोटकी २० वर्षीया रोशनी महरा सोमबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेका थिए ।

विवाहित महरा माइती घरमा सुतिरहेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630