skip this

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री मूल्य १२८ रुपैयाँ ०८ पैसा छ । नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा सार्वजनिक गरेको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ, ४२ पैसा, बिक्रीमा १३० रुपैयाँ ०३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ ०६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५३ पैसा, सिंगापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९२ रुपैइाँ १० पैसा तोकिएको छ ।

जापनिज येनको खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीमा ९ रुपैयाँ ३२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०८ पैसा, कतारी रियला एकको खरिदमूल्य ३४ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०४ पैसा, युएई दिरहम एकको खरिदमूल्य ३४ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८७ पैसा, मलेसियन एकको खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैइाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिदमूल्य ४१४ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ४१६ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

nijgadh-supermart-adz1200-630