आज सुनचाँदीको मुल्यमा बृद्धि, कति पुग्यो तोलाको ?
वि.सं.२०७९ साउन ८ आइतवार ११:५७
1.46K
shares

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य बढेको छ। शुक्रबारको तुलनामा सुनको मुल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ पुगेको छ। आइतबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।
वि.सं.२०७९ साउन ८ आइतवार ११:५७

















