skip this farak Kura Pravakar

भक्तपुर दुर्घटना,मृतक एक जनाको पहिचान खुल्यो

1.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु भएका तीनजनामध्ये एकजनाको पहिचान खुलेको छ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका–२ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् ।

आइतबार दिउँंसो सवा १२ बजे भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित चोगां गणेशमा सडक छेउको सल्लाको रुख ढल्दा बा. २ ख.३५८४ नम्बरको बस र बा। ६१ प. ३९७८ नम्बरको स्कुटरलाई किच्दा तीनजनाको मृत्यु भएको र १५ जना घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।

उनका अनुसार मृतकमध्ये दुईजनाको अझै पहिचान हुन सकेको छैन । पहिचान नखुलेका मृतक पुरुष रहेका छन् ।तीन जनाकै उपचारको क्रममा मृत्यु भएको र बाँकी घाइतेहरूको भक्तपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

nijgadh-supermart-adz1200-630