skip this farak Kura Pravakar

जानकी बज्राचार्यको तीजको कोशेली : ‘शिरैमा शिर फुल, कम्मरमा सारी’

2.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–जानकी बज्राचार्यको शब्दमा ‘शिरैमा शिर फुल, कम्मरमा सारी’ बोलको म्यूजिक भिडियो तीजलाई मध्यनजर गर्दै चाँडै नै सार्वजनिक हुने भएको छ ।

च्छोरोल्पा मिडिया प्रालिकी प्रबन्ध निर्देशक जानकी समाजसेवासंगै कलाकारिता क्षेत्रमा समेत सक्रिय छिन् । नेपाली कांग्रेस सांस्कृतिक संघकी केन्द्रीय सदस्य समेत रहेक् िबज्राचार्यले नजिँकैदै गरेको तिजलाई मध्यनजर गरेर दिदी बहिनीहरुको आत्मीय सम्बन्धलाई प्रगाढ पार्नका साथै समाजमा देखिएको विकृतिलाई चिर्ने उद्देश्यले यो गीतको रचना गरिएको बताइन् ।

बज्राचार्यको शब्दमा रहेको सो गीतको म्यूजिक भिडियोको लागि साउन ७ गते शनिबार चावहिल मित्रपार्क स्थित यमुना बैंन्क्यूटमा छायांकन गरिएको थियो । गितमा चर्चित गायिका राधिका हमालले स्वर दिएकी छिन् भने संगीत पुरुषोत्तम न्यौपानेको रहेको छ ।

भिडियोको निर्देशन अनिल राईले गरेका हुन् भने छायाँकन श्याम केसीको रहेको छ ।
भिडियोमा गीतको रचनाकार जानकीसहित सलिना ब, राज थपलिया, प्रकाश थपलियालगायतका कलाकारले अभिनय गरेका छन् ।

 

nijgadh-supermart-adz1200-630